पुलबाट लडेर बालकको मृत्यु

दमक / पुलबाट लडेर एक बालकको मृत्यु भएको छ।

बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका–१ पारतोलाका १२ वर्षीय विशाल भण्डारीको पुलबाट लडेर मृत्यु भएको हो।

बिज्ञापन

बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–१ पिलुचौर र भारती कसैडीको सीमानामा रहेको बड्डीगाडको बेलिब्रिजबाट उनी लडेका हुन्।

पुलबाट लडेर घाइते भएका भण्डारीलाई उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको हो ।