चर्चित कलाकार लक्ष्मी श्रेष्ठको निधन

दमक / ‘अप्सरा आमा’को भूमिकाबाट दर्शक माझ लोकप्रिय बनेकी बरिष्ठ  ​कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। श्रेष्ठको शुक्रबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

श्रेष्ठ केहि समयदेखि स्तन क्यान्सरलगायतका रोगबाट पीडित थिइन्। पछिल्ला केही सातादेखि उनी ओछ्यानमै थलिएकी थिइन्।

बिज्ञापन

नेपाली टेलिभिजन र सिनेमा क्षेत्रको समर्पित नाम लक्ष्मी श्रेष्ठ लामो समयदेखि अभिनयमा सक्रिय थिइन्र। श्रेष्ठले  ‘मेरी बास्सै’ बाट प्रसिद्धि कमाएकी थिइन्। यस बाहेक ‘जिरे खुर्सानी’, ‘कान्छी’, ‘उल्टो सुल्टो’ जस्ता टेलिसिरियल तथा केही फिल्ममा पनि अभिनय गरेकी थिइन् । श्रेष्ठले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन्।

उनको निधनले नेपाली कला क्षेत्रमा क्षति पुगेको कलाकारहरुले जनाएका छन्।