
दमक / झापा मेचीनगर–१० ढाडचोकमा आज बिहान सिटी रिक्सा दुर्घटना हुँदा चालक राज कडरियाको मृत्यु भएको छ।

नागाडुवातर्फ जाँदै गरेको प्र.१–०१–००२ ह ७१०५ नम्बरको सिटी रिक्सा अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका कडरियाको बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रिक्सामा अन्य कोही सवार थिएनन्।
बिज्ञापन



