
दमक / मकवानपुरमा १० जना सवार गाडी दुर्घटना भएको छ।

हेटौंडाबाट काठमाडौं आउँदै गरेको म.प्र.०३-००१ ज ०५५१ नम्बरको माइक्रो गाडी मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका- २ रातमाटेस्थित भीमफेदी कुलेखानी काठमाण्डौ सडक खण्डमा दुर्घटना भएको हो ।
बिज्ञापन



जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डिएसपी श्यामू अर्यालका अनुसार घुम्ती सडकबाट गाडी करिब १५ मिटर तल खसेको थियो।

उक्त दुर्घटनामा ५ जना घाइते भएका छन्। तीमध्ये तीन जना गम्भीर घाइत भएका छन्।
घाइतेहरुलाई उद्धार गरी उपचारको लागि काठमाडौं पठाएको डिएसपी अर्यालले बताएका छन्।
गाडी चालक बाराको परमाणीपूर गाउँपालिका-२ का २२ वर्षीय राजाराम साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।