
दमक /ताप्लेजुङकाे सिदिङ्वा गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन्।

सिदिङ्वा गाउँपालिका–३का हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती ठगमाया, छोरा जगत र छोरी सम्झना घाइते भएको स्थानीयलेजानकारी दिएका छन्।
बिज्ञापन



घर माथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको थियाे भने साे परिवारलाई छिमेकीले उद्धार गरेका थिए।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।
उनीहरूकाे उपचार भइरहेको प्रहरीले जानकारी दिएकाे छ।