श्रीमानले गरे ३० वर्षीया श्रीमतीकाे हत्या

दमक / रुकुमपश्चिम चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले श्रीमती ३० वर्षीया देविकाको हत्या गरेका छन्।

गयराती बुढाथोकीले खुकुरी प्रहार गरेर देविको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षकका अनुसार घटनास्थलबाट खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिइएको छ।

बिज्ञापन

प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी पनि बरामद गरेको छ। घटनाबारे थप अनुसन्धानन भइरहेकाे प्रहरीले बताएको छ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ।