
दमक/ झापा जिल्लाको बाह्रदशी गाउँपालिका–४ स्थित जनविकास माध्यमिक विद्यालयमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी १९ जना विद्यार्थीहरूमध्ये केवल १ जना मात्र उत्तीर्ण भएका छन्।
गत वर्ष सोही विद्यालयबाट SEE मा सहभागी भएका विद्यार्थीहरू शून्य प्रतिशत नतिजा सहित सबै अनुत्तीर्ण भएका थिए। यस वर्ष पनि शिक्षाको गुणस्तरमा खासै सुधार नदेखिँदा विद्यालयको शैक्षिक अवस्था प्रति स्थानीयहरू चिन्तित भएका छन्। विद्यालयमा हाल माध्यमिक तहका १९ जना शिक्षक कार्यरत छन्।
विद्यार्थी संख्या र शिक्षक अनुपात हेर्दा गुणस्तरीय शिक्षण सम्भव देखिए तापनि, नतिजाले विद्यालयको शैक्षिक व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएको छ। स्थानीयवासी तथा अभिभावकहरूले विद्यालयको प्रशासन, पठनपाठन पद्धति र शिक्षकहरूको उत्तरदायित्वप्रति पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। शिक्षाको गुणस्तर सुधार गर्न सम्बन्धित निकायको ध्यान जानुपर्नेमा उनीहरूको जाेड छ ।

बिज्ञापन



