फुङलिङ सडक धमाधम कालोपत्रे

दमक/  ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारभित्रका सडक धमाधम कालोपत्रे भइरहेका छन् ।

फुङलिङहेलिप्याडदेखि सुकेटारसम्मको १२ किलोमिटर सडकमा तीव्र गतिमा कालोपत्र भइरहेको सडक डिभिजन कार्यालयकी सुपरभाइजरले जानकारी दिइन् ।

बिज्ञापन

दुई करोड ५५ लाखको लागतमा चालु आर्थिक वर्षभित्र कालोपत्र गर्ने लक्ष्यका साथ काम भइरहेको उनले बताइन् ।