करिव २ केजी गाँजासहित दुईजना पक्राउ

दमक /झापा अर्जुनधाराबाट करिव २ केजी गाँजासहित दुईजना पक्राउ परेका छन् ।

बिहिबार  दिउँसो अर्जुनधारा ६ पुष्पलाल चौक बस्ने  ५९ बर्षीय अमृतमाया लिम्बूको घरमा लागूऔषध गाँजा बिक्री भइरहेको  भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले घर खानतलासी गर्दा १ केजी ८८२ ग्राम गाँजा बरामद गरेको हो ।

बिज्ञापन

त्यस्तै  इलाम १२ स्यानाङ्बा घर भई हाल अर्जुनधारा १ स्थित निर्माणाधीन झोलुङ्गे पुलमा काम गर्दै आएका २० बर्षीय  रोशन भट्टराईको साथबाट ६ ग्राम ६३० मिलिग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ   ।

गाँजासहित दुबैलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको  छ ।