आकर्षक रोजगारीको प्रलोभनमा परेका नेपाली युवाको उद्धार

दमक / आकर्षक रोजगारीको प्रलोभनमा परेका नेपाली युवाको उद्धार।

आकर्षक रोजगारीको प्रलोभनमा परेका नेपाली युवाको उद्धारभारतको उत्तराखण्ड राज्यबाट ५८ जना नेपाली युवाको उद्धार गरिएको छ।

बिज्ञापन

रुद्रपुरमा २३ जना र कासिपुरमा ३५ जना गरी कुल ५८ जना नेपाली युवालाई बन्धक बनाइएको थियो।उनीहरूलाई आकर्षक रोजगारी दिने भन्दै भारत पुर्याएर जबरजस्ती बन्धक बनाइएको बताइएको छ।

नागरिक संस्था किन नेपाल र किन इन्डिया, भारतस्थित नेपाली दूतावास, नेपाल र भारतीय प्रहरीको संयुक्त पहलमा उनीहरूको उद्धार सम्भव भएको हो।

उद्धारपछि पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै उनीहरूलाई नेपाल ल्याइएको कञ्चनपुर प्रहरीले जानकारी दिएकाे छ।  युवाहरू सुरक्षित अवस्थामा छन् र थप अनुसन्धान तथा पुनःस्थापनाको प्रक्रिया अघि बढाइएको छ। –