धरानबाट ठुलो मात्रामा प्रतिबन्धित औषधीसहित एक युवक पक्राउ

दमक / धरान उपमहानगरपालिका–५ देउरालीबाट ठूलो परिमाणको प्रतिबन्धित तथा नियन्त्रित औषधीसहित एक जना पक्राउ परेका छन्।

असार १० गते राति झर्नाचोकस्थित डेरामा बस्दै आएका मुन्सन राईको कोठामा छापा मार्दा औषधी लुकाई राखिएको अवस्थामा इलाका प्रहरी कार्यालय धरानको टोलीले फेला पारेको हो।

बिज्ञापन

राईको झोलाबाट ट्रामाडोल ८ हजार ८ सय ७६ क्याप्सुल, मेफेनिक स्पास ७ हजार ८ सय ९० ट्याब्लेट, नाईट्रेजेपाम २० ट्याब्लेट, स्पारेट २ सय ९५ ट्याब्लेट र कोलिवन ३ सय १२ ट्याब्लेट बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।