मोरङ कारागारमा कैदीको मृत्यु

दमक / मोरङ कारागारमा रहेका एक कैदीको मृत्यु भएको छ ।

सुनवर्षी नगरपालिका वडा नं २ बस्ने २४ वर्षीय उमेश दर्जी लागूऔषध कसूरमा कैदी जीवन बिताइरहेका थिए ।उनकाे उपचारका क्रममा मृत्यु भएको हो ।

बिज्ञापन

ज्वरो आउने, खुट्टा सुन्निने जस्ता समस्या भएपछि उनलाई गत जेठ ३० गते कोशी अस्पताल बिराटनगरमा भर्ना गरिएको थियो । थप उपचारको लागि असार ३ गते साँझ ७;३० बजे बिराट टिचिङ अस्पताल गंगाचोकमा लगि भर्ना गरी उपचार भइरहेकोमा हिजो साँझ ७;५५ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

लागूऔषध कसूरमा गत पुष ४ गतेबाट ५ बर्ष २ महिना र ७ हजार रुपैयाँ जरिवाना तोकी उनले कैद भुक्तान गरिरहेका थिए ।