मेची राजमार्ग हेवा खोलाको बाढीले अवरुद्ध यात्रु र सवारी साधन अलपत्र 

दमक / मेची राजमार्ग हेवा खोलाको बाढीले अवरुद्ध यात्रु र सवारी साधन अलपत्र

गएरातिदेखि परेको अविरल बर्षाको कारण मेची राजमार्गमा अवरोध सिर्जना भएको छ। हेवा खोलामा आएको बाढी डाइभर्सनमाथि ओभरफ्लो भई बग्दा फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका ७ जोड्ने सडक पूर्ण रुपमा अवरुद्ध भएको हो  ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार राति ठूलो पानी परेपछि ओभरफ्लो भई डाइभर्संन माथिबाट पानी  बग्न थाल्यो जसका कारण सडक अवरुद्ध भयो । अवरुद्ध भएपछि धेरै सवारी साधन र यात्रु अलपत्र परेको प्रहरीले जानकारी दिएका छन् ।

मेची राजमार्ग पाँचथर, ताप्लेजुङ र ईलाम जिल्लालाई जोड्ने महत्वपूर्ण सडक हो । सडक खुलाउने प्रयास भइरहे पनि खोलाको बहाब कम नभए सम्म आवागमन सम्भव नहुने प्रहरीको भनाइ छ ।