
दमक / सुनसरीको बराहक्षेत्र नगरपालिका-५ अमाहाकाे जंगलबाट प्रहरीले एक थान कार र हतियारसहितको अत्याधुनिक राइफल बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार, आइतबार राति जंगली जनावर सिकार गर्न जंगल पसेका समूह प्रहरीलाई देख्ने बित्तिकै फरार भएका हुन ।



प्रहरीले घटनास्थलबाट बा ६ च ८४०३ नम्बरको कार र बेलायतमा निर्मित अत्याधुनिक राइफल बरामद गरेको हो भने सिकारको उद्देश्यले जंगल पसेका ५जना फरार छन् । साे घनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षकले जानकारी दिएका छन्।

डीएसपी खतिवडाका अनुसार कारको नम्बरका आधारमा फरार अभियुक्तहरूको पहिचान भइसकेको छ। उनीहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।
बरामद गरिएको कार र हतियार इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ। उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ले जानकारी दिएका छन्।