
दमक / पर्साको बहुदरमाई नगरपालिका–५ पटनीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

गण्डक नहरको सडकमा हिजाे राति बीआर ०१ पिए ४४९९ नम्बरको भारतीय टाटासुमो र नम्बर खुल्न नसकेको मोटरसाइकल आपसमा ठोकिएर सडक छेउमा निर्माणाधीन नालामा खसेर दुवै सवारीसाधनमा आगो लागेको थियो।
बिज्ञापन



दुर्घटनामा मोटरसाइकल चालक भारतको बिहार राज्यको पूर्वीचम्पारण जिल्लाका ३८ वर्षीय नरेश साह बर्णवालको मृत्यु भएको हो। अर्का एकजना घाइते भएका छन्।

मोटरसाइकल पछाडि सवार साेहि स्थानका १९ वर्षीय रोशन बर्णवाल घाइते भएको र उनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएकाे छ।