सर्लाहीको खैराटोलमा सडक विस्तारका क्रममा झडप प्रहरी निरीक्षक सहित तीन जना घाइते

दमक / सर्लाहीको बरहथवा नगरपालिका–४, खैराटोलमा सडक विस्तारका क्रममा आज बिहान दुई पक्षबिच भएको झडपमा  प्रहरी निरीक्षक सहित तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक बालिस्टर सिंहका अनुसार झडप नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेको जानकारी दिए । घटनामा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दीवाकर गणेशसहित तीन जना घाइते भएका हुन् । घाइतेहरुलाई घटनास्थलबाट उद्धार गरेर अस्पताल पठाईएको छ थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सिंहले बताए।

बिज्ञापन

घटनास्थलमा इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी नायब उपरीक्षक को नेतृत्वमा र सशस्त्र प्रहरीको समेत गरी ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । झडप अहिले नियन्त्रणमा आइसकेकाले अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सडक विस्तारका क्रममा उत्पन्न बिबादले हिसात्मक रुप लिएको देखिएको छ बिहिबार बाटो ढलानको क्रममा केहि महिला र पुरुष मिलेर एक महिला लाइ लछारपछार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।यही घटना बाट सुरु भएको विवादले आज बिहान झडपको रुप लिएको हो।