दमकमा लागूऔषध कारोबारमा संलग्न चार  युवा पक्राउ

झापा, दमक – असार ६ झापाको दमकमा लागूऔषधको कारोबार गरिरहेको अवस्थामा चार जना युवा पक्राउ परेका छन्।

गएराति साँझ करिब ८ बजे दमक नगरपालिका वडा नम्बर ५ स्थित सृष्टी टोलमा रहेको देवु गड्तौलाको टाँडे घरको भुइँ तलाको कोठाबाट उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। पक्राउ पर्नेहरूमा गौरादह–४ धोबिनिया निवासी २४ वर्षीय अनुभव दर्नाल, दमक–१ संगम चोक निवासी २६ वर्षीय सुरज कुमाल, दमक–६ पुरानो बजार निवासी २९ वर्षीय सुमन दर्जी र दमक–७ पुरानो सब्जी लाइन निवासी ३४ वर्षीय विरबहादुर पौडेल रहेका छन्। प्रहरीका अनुसार अनुभव दर्नालको डेरामा लागूऔषध खरिद–बिक्री भईरहेको गोप्य सूचनाका आधारमा विशेष निगरानी राखी उनीहरूलाई पक्राउ गरिएको हो।

बिज्ञापन

पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। प्रहरीले घटनास्थलबाट केही मात्रामा लागूऔषधसमेत बरामद गरेको जनाइएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।