
दमक / चितवनमा यात्रुवाहक बस र ईभी माइक्रो एक आपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ ।

शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–३ मा भएको दुर्घटनामा ३१ जना घाइते भएको चितवनका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् । शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ भने मृतकहरुको सनाखत हुन बाकी रहेकाे अधिकारीकाे भनाई छ।
बिज्ञापन



चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन ठक्किएको हो ।

घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको पुरीले जानकारी दिएका छन् ।