सानाे केर्खामा दुर्घटना हुदा सशस्त्र प्रहरी जवानकाे मृत्यु

दमक /  झापा जिल्लाको कमल गाउँपालिका–३ स्थित सानाे केर्खामा शनिबार राती पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल दुर्घटनामा परि इलाममा कार्यरत एक जवान सशस्त्र प्रहरीको ज्यान गएको छ।

गएराती बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको प्र.१–०२–००५२प.७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोरङ कानेपोखरी स्थायी बासिन्दा ४८ वर्षीय सप्रनानि पुरन लाल राजवंशी गम्भीर घाइते भएका थिए । हाल उनी इलाम सशस्त्र प्रहरी बल नेपाल समालबुङमा कार्यरत थिए ।

बिज्ञापन

दुर्घटनाबाट  गम्भीर घाइते राजवंशीलाई  उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पतालमा लगिएकोमा राति ९ः१० बजे उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए। मृतकको शव हाल अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

साे घटनाको अनुसन्धान भइरहेको प्रहरी कार्यालयकायले जनाएकाे छ ।