
दमक / झापाको अर्जुनधारा नगरपालिका–११ स्थित सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर पाहुना आएका तेह्रथुमकापोखरीमा डुबेरज्यान गएको छ।

उक्त घटना शुक्रबार बिहान करिब ८ बजे पौडी खेल्ने क्रममा पोखरीमा डुबेकाे स्थानीयवासीहरूले थाहा पाए लगतै उनीहरूलाई उद्धार गरी उपचारका लागि बिर्तामोड विएण्डसी अस्पताल लगिएको थियो। तर, अस्पतालले उनीहरूलाई बिहान ८:२० बजे मृत घोषणा गरेको झापा प्रहरीले जनाएको छ।
बिज्ञापन



तेह्रथुमको जिरीखिम्ती घर भई हाल अर्जुनधारामा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र सोही स्थानकी मुना गुरुङका १० वर्षीय छोरा सुजल गुरुङ रहेकाे जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारीले जानकारी दिएका छन्।

अहिले शव विएण्डसी अस्पतालमै राखिएको प्रहरी स्रोतले जनाएकाे छ।