अवैध सुन सहित नागढुंगाबाट यूवक पक्राउ

दमक / अवैध सुनसहित नागढुंगाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम बंगालका ३१ वर्षीय महादेव सामान्त छन् ।  प्रहरी प्रभाग नागढुंगा र लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले महादेवलाई पक्राउ गरेको हो ।

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा.प्र.०३–००१ ख ३१३९ नम्बरको बसमा उनी काठमाडौं आउँदै थिए । सोही क्रममा उनीबाट २७४.८३ ग्राम अवैध सुन बरामद गरिएको प्रहरीले जानकारी दिएकाे  ।

बिज्ञापन

अवैध सुनको नेपाली बजार मूल्य ४५ लाख ६३ हजार ८२६ रुपैयाँ हुन आउँछ । उक्त सुन सहित सामान्तर लाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।