हिउँदमा भारतबाट ३६५ मेगावाट बिजुली आयात गर्न टेन्डर

काठमाडौं । आगामी हिउँदयामका लागि ३६५ मेगावाटसम्म विद्युत किन्न विद्युत प्राधिकरणले गरेको टेन्डर आह्वान गरेको छ । प्रतिस्पर्धामार्फत विद्युत खरिद गर्न प्राधिकरणले बोलपत्र आह्वान गरेको हो ।

आगामी १५ मंसिरदेखि १६ जेठ २०८०सम्म भने भारतबाट विद्युत आयात गर्न टेन्डर आह्वान भएको हो । भारतबाट विद्युत बिक्री गर्ने एजेन्सीहरुले प्रतिस्पर्धामा भाग लिन सक्नेछन् ।

बिज्ञापन

हिउँदमा नेपालमा बिजुलीको मागअनुसार उत्पादन नहुने भएकाले प्राधिकरणले प्रतिस्पर्धाबाटै बिजुली किन्न टेन्डर आह्वान गरेको हो । अहिले ३६४ मेगावाट बिजुली भारतथ निर्यात गरिरहेको प्राधिकरणले डिसेम्बर २०२२ देखि मे २०२३सम्म यो परिमाणका विद्युत खरिद गर्न टेन्डर गरेको हो ।

यसअनुसार करिब ६ महिना भारतबाट करिब ४ सय मेगावाट बराबारको बिजुली भारतबाट किन्नुपर्ने देखिएको छ ।