उदयपुरमा ३४ जनामा डेंंगी संक्रमण
उदयपुर । उदयपुरको कटारी, त्रियुगा, र बेलका नगरपालिकामा ३४ जनामा डेंंगी संक्रमण देखिएको छ। बेलका नगरपालिकामामा १३ जना, त्रियुगा नगरपालिकामा ८, कटारी नगरपालिकामा ५ जना र जिल्ला अस्पताल गाईघाटमा ८ जनामा डेंंगी फेला परेको हो।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार बेलका क्षेत्रलाई जोखिमयुक्त मानिएको छ। किनकी यहाँ सबैभन्दा धेरैमा डेंंगी देखिएको छ। यसपछि क्रमशः त्रियुगा नगरपालिकाको गाईघाट कटारी क्षेत्रमा फैलिएको छ।

बिज्ञापन

झण्डै ३ दर्जनमा डेंंगी फेला परेको स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर चिरन्जीवी निरौलाले जानकारी दिए। स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख रामनरेश ठाकुरका अनुसार जिल्लाका ८ वटा स्थानीय तहमध्ये ३ नगरपालिकामा डेंगी भेटिएको छन्।

 

प्रतिक्रिया दिनुहोस्