
काठमाडौं । धादिङ र दाङमा डुबेर २ जनाको मृत्यु भएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–१ चिम्बाङ बस्ने ३८ वर्षीय मुसा चेपाङको ताल्ती खोलास्थित मलेखु जलविद्युत आयोजनाको ड्याममा नुहाउने क्रममा डुबेर मंगलबार मृत्यु भएको छ।

दाङको राप्ति गाउँपालिका–८ पिपरा बस्ने श्याम बस्नेतको साढे दुई वर्षको छोरा सुवान बस्नेतको घर नजिकैको कुलोमा डुबेर मंगलबार मृत्यु भएको छ।
बिज्ञापन



कुलोमा डुबेर अशक्त भएका उनको लमही अस्पताल उपचारको क्रममा मृत्यु भएको हो। घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको छ।
