
जनकपुरधाम। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ एक सय सिट पार्टीले नपाएमा विद्रोह हुन सक्ने चेतावनी दिनुभएको छ ।

आज जनकपुराधाममा नेपाल प्रेस युनियनको कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले कांग्रेसमा उम्मेदवारका आकांक्षी नेताको व्यवस्थापन गर्न सय सिट चाहिने र त्यति संख्यामा सिट नपाएमा विद्रोह हुन सक्ने बताउनुभयो ।



बहुमत बनाउन त कम्तीमा पनि सय सिट त लिनुपर्यो, नत्र बहुमत कहाँबाट बन्छ भन्दै उहाँले कांग्रेसले बहुमत ल्याउन पनि सय सिट आबश्यक भएको बताउनुभयो ।

तालमेल गर्दा धेरै सिट छोड्नुपर्ने र त्यसरी सिट छोड्दा समानुपातिक निर्वाचन पद्धतितर्फको मत पनि घट्ने भन्दै नेता कोइरालाले सोही कारणले विद्रोह हुन सक्ने बताउनु भएको हो ।
उहाँले भन्नुभया, यो कुरालाई हामीहरुले पटक पटक केन्द्रीय नेतृत्वको सामुन्ने राखेका छौं । आज र भोलि भित्र उहाँहरुले केही न केही निर्णय गर्नुपर्छ । सिट बाँडफाँडकै कारणले अहिले कांग्रेस अप्ठेरो अवस्थामा रहेको पनि कोइरालाले बताउनुभयो ।