
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व सुरक्षा अधिकारीहरुलाई छलफलका लागि बोलाउनु भएको छ । राष्ट्रपति कार्यालयले भोलि छलफलका लागि उपस्थित हुन निम्ता दिएको श्रोतले बतायो ।

श्रोतका अनुसार, राष्ट्रपति भण्डारीले संसदका दुबै सदनबाट हुबहु पारित भएको नागरिकता संसोधन विधेयकका विषयमा छलफल हुन सक्नेछ ।
बिज्ञापन



राष्ट्रपति भण्डारीले नागरिकता विधेयक संसदमै फिर्ता गर्नुअघि पनि पूर्व सुरक्षाकर्मीसहित विभिन्न क्षेत्रका व्यक्तिसँग छलफल गर्नु भएको थियो। नागरिकता विधेयकलाई संसदले फेरि हुबहु पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाएको छ ।
