सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि कार्यदलको बैठक बस्दै

काठमाडौं। सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठन गरिएको कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बैठक साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।

बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाका लागि गठबन्धनका दलहरुमा सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने बताइएको छ ।

बिज्ञापन

बैठकले प्रतिवेदन बनाएर शीर्षस्थ नेतामा बुझाउने तयारी गरेको छ । एक महिनादेखि जारी छलफलबाट सिट र क्षेत्र बाँडफाँट टुंगो लाग्न सकेको छैन् । गठबन्धनका नेताहरुले सहमति नजिक पुगेको दावी गरेपनि अहिले सम्म सिट बाँडफाँड हुन सकेको छैन् ।