
काठमाडौं । करेन्ट लागेर गुल्मीमा १ जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर-४ जैसिथोकका ४२ वर्षका मानबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवराज खरेलले बताए ।

आज (मंगलबार) बिहान रानालाई आफनै घरको छतमा करेन्ट लागेको थियो । करेन्ट लागेपछि २ तला माथिबाट खसेर घाइते भएका उनकोे उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिज्ञापन



