राप्रपा अध्यक्ष लिङ्देनद्धारा सांसद पद त्यागको घोषणा

काठमाण्डौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन्। आज बसेको संसद बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै उनले आजैदेखि लागु हुने गरी आफू सांसदको भूमिकामा नहुने घोषणा गरेका हुन्।

उनले भने, संसदको यो कार्यकालको यो अन्तिम उपस्थिति र अन्तिम कुरा राख्न म यहाँ उपस्थित भएको छु। चुनाव घोषणा भइसकेपछि यही तरिकाले संसद चलिरहनु र जीवित भइरहनु उपयुक्त हुँदैनु ।

बिज्ञापन

प्रजातन्त्रमा विश्वास राख्ने दलहरुले निष्पक्ष निर्वाचनमा विश्वास गर्छन्। तर संसद राखिराखेर निष्पक्ष निर्वाचन हुन सक्दैन । अब म चाहिँ संसदमा आउँदिन। पार्टीको अध्यक्ष पनि छु।

मैले पहिले पनि भत्ता पकाउनका लागि संसद आउँदिन भनेको हो भन्दै उनले संसदको आयु मंसिर ४ गतेपछि पनि राख्ने भन्ने प्रक्रिया सुरु भएकोमा आपत्ति समेत जनाए।

उनले भने, सरकारको यो निर्णयले मलाई लज्जित बनाएको छ। बाटोबाटै मैले संसद छाडेँ भन्नु उचित हुँदैनु, उनले भने, म यहीँबाट भन्छु आजबाट सांसदका रुपमा यहाँ उपस्थित हुने छैन। सभामुख महोदय र सचिवालयलाई आग्रह गर्दछु मेरो नाममा तलब भत्ता सुविधा रोक्का गरियोस्। मैले अब निवेदन दिनुपर्ने भए म निवेदन दिएर बाहिरिन्छु।