
पोखरा। अभिनेता पल शाहको मुद्धाको पेशी आज तोकिएको छ । नावालिग बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता शाहको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो ।

अभिनेता शाहका कानुन व्यावसायी अधिबक्ता कमला मोहन वाग्लेका अनुसार आज तनहुँ अदालतमा पेशी रहेको छ भने नवलपुर अदालतले भदौं २१ का लागि पेशी तोकेको छ ।
बिज्ञापन



उनका अनुसार मुद्धाको फैसाला अन्तिम चरणमा रहेकाले शाहलाई थुनामुक्त गरेर मुद्धा लडन सक्ने तथा थुनामा रहनु पर्ने दुवै मध्ये एक खाले फैसाला आउन सक्नेछ । गत चैत ३० देखी थुनामा रहेका अभिनेता शाह तनहुँ जिल्ला कारागारमा छन ।
