वामदेवलाई जनताले अनुमोदन गर्दैनन् : माओवादी नेता

हेटौंडा । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एंव बागमती प्रदेशका पूर्वमन्त्री युवराज दुलालले नेकपा एकता राष्ट्रिय अभियान का संयोजक वामदेव गौतमलाई जनताले अनुमोदन नगर्ने दाबी गरेका छन् ।

राष्ट्रियसभाका सदस्य समेत रहेका गौतमले माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडाबाट चुनाव लड्ने सहमति गरेपछि माओवादी नेता दुलालले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै असन्तुष्टि जनाएका छन् ।

बिज्ञापन

उनले लेखेका छन् ‘‘। भन्दा देख्नेलाई लाज ! हामी कोही राजनीतिकर्मी लाजहराम भयौं भन्दैमा राजनीतिनै लाजहराम त हुदैन नी ! राष्ट्रिय सभा सदस्य राजिनामा दिएर चुनाव उठ्ने कुरा देशको आवश्यकता होइन । दुलाले भनेका छन्,गोलाकारभित्रको हँसिया हथौडा चिन्हमा उठे पनि हुदैन, अरु कुनैमा उठे पनि मतदाताले अनुमोदन गर्दैनन् । चेतना भया ! ’