रौतहटको गुजराका स्वतन्त्र वडाध्यक्ष जमालुद्दिन एमालेमा प्रवेश

काठमाडौं । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा रौतहटको गुजरा नगरपालिका वडा नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका वडाध्यक्ष शेख जमालुद्दिन नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली निवास पुगेर वडाध्यक्ष जमालुद्दिनले पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा एमाले नेता प्रभु साह, मधेश प्रदेश कमिटी उपसचिव आरती भण्डारीलगायत नेता सहभागी थिए ।जमालुद्दिन ६२५ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित हुँदा नेकपा एसका आलम बक्सिसले ५६८ मत पाएका थिए ।

बिज्ञापन