कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै छ । स्थानीय तह निर्वाचन २०७९ घोषणापत्र सम्बन्धी छलफल गर्न बुधबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कांग्रेसले वैशाख ११ गते घोषणापत्र सार्वजनिक गर्दैछ। महामन्त्री गगन थापा संयोजक रहेको घोषणा पत्र तयारी समितिले विभिन्न क्षेत्रका विज्ञसंग छलफल गरी घोषणापत्रमा समेटिने विषयमा सुझाव लिइरहेको छ ।

बिज्ञापन

यस्तै केन्द्रीय संसदीय समिति र भ्रातृ संस्थाबारे पनि आजको बैठकमा छलफल हुने बताइएको छ।

कांग्रेसको टिकट वितरण गर्ने केन्द्रीय निकाय संसदीय बोर्ड गठन भएको छैन । चैत ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा संसदीय समिति गठनको एजेण्डा भएपनि सहमति हुन नसकेपछि रोकिएको थियो ।