रोजगारीका लागि साउदी हिँडेका दुई नेपाली युवती ओमानको ट्रान्जिटबाटै बे’पत्ता

काठमाडौं । तीन साताअघि वैदेशिक रोजगारीका लागि साउदी अरेबियाका लागि उडेका दुई जना नेपाली महिला ओमानको विमानस्थलबाट बे’पत्ता भएका छन्।

काठमाडौँको एक मेनपावर कम्पनीबाट साउदी उडेका ती महिला श्रम स्वीकृति लिएर गएका थिए।

बिज्ञापन

तर, कसरी ट्रान्जिटबाटै कहाँ बे’पत्ता भए भन्ने विषयमा प्रहरीको मानव बेच’बिखन अनुसन्धान ब्युरोले छानविन थालेको छ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

प्रारम्भिक अनुसन्धानमा उनीहरुलाई मा’नव त’स्करीमा संलग्न समूहले ओमनमै बिक्री गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

मानव बेच’बिखनको घटनामा यो नयाँ शैली देखिएको ब्युरोका निर्देशक एसएसपी ईश्वरबाबु कार्की बताउँछन्।