भारतमा कार दुर्घटना हुँदा दुलहासहित नौंको मृत्यु

नयाँदिल्ली । भारतको राजस्थानको कोटामा आइतबार कार दुर्घटना हुँदा दुलहासहित नौं जन्तीको मृत्यु भएको छ ।
बरवाडाबाट उज्जैनका भैरुनालाको हरिजन बस्ती जाँदै गरेको कार चम्बल नदीमा खसेको हो ।

एजेन्सीका अनुसार नयापुरा नजिकै ‘छोटी पुलिया’ मा भएको उक्त दुर्घटनामा सबैको मृत्यु भएको छ ।

बिज्ञापन

नदीमा डुबेका सबैको शव बाहिर निकालिएको छ ।
पैदल यात्रुले चम्बल नदीमा कार पल्टिएको देखेपछि निगमको गोताखोरको समूह घटनास्थल पुगेको थियो ।

क्रेनको मद्दतले कार बाहिर निकालिएको छ ।