
काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच छलफल भएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच करिब एक घण्टा आगामी निर्वाचनका विषयमा छलफल भएको हो ।
बिज्ञापन



उनीहरूबीचको छलफलपछि शनिबार सत्ता गठबन्धनका पाँचवटै दलका शीर्ष नेताहरुको बैठक बोलाइएको छ ।

पछिल्लो समय स्थानीय तहको चुनाव वैशाखमै गर्ने कि नगर्ने विषयमा लगातार छलफल हुँदै आएको छ ।
माओवादी, नेकपा एसलगायतका दलले स्थानीय तहको चुनाव बैशाखमा गर्न नहुने बताउँदै आएका छन् भने कांग्रेसमा त्यस विषयमा एकमत हुन सकेको छैन ।
त्यस विषयमा आज दिउँसो ३ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने सम्भावना छ ।