
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचनअघि संघीय संसद्को निर्वाचन गर्ने प्रस्तावप्रति व्यङ्ग्य गरेका छन् ।

सत्तारुढ दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘एमालेले निरन्तर संसद् अवरोध’ गर्दा संसद्को औचित्य पुष्टि हुन नसकेकाले स्थानिय तहको निर्वाचनअघि संघीय संसद्को निर्वाचनको प्रस्ताव गरेका थिए ।
बिज्ञापन



सो प्रस्तावप्रति एमाले महासचिव पोखरेलले ‘पाँच वर्षअगावै चुनाव गर्नु प्रतिगमन हो भन्ने सत्ता गठबन्धन स्थानीय चुनाव पछि सार्ने गरी वैशाखमै संसद्को चुनाव गर्न तयार भए रे !’ भन्दै सामाजिक सञ्जालबाट व्यङ्ग्य हानेका हुन् ।
