
आज मिति २०७८ साल पुष ०१, बिहीबार । इश्वी सन २०२१ डिसेम्बर, १४ । शकसंवत् १९४३ । नेपाल संवत ११४२ कछलागा । राक्षस । दक्षिणायन । हेमन्त । मार्ग शुक्लपक्ष । तिथिः द्वादशी २७ः०१ बजे उप्रान्त त्रयोदशी । नक्षत्रः अश्विनी, ७ः०३ बजे उप्रन्त भरण । योगः परिघ, ९ः१८ बजे उप्रान्त शिव ।

मेष : हतारको निर्णयले आर्थिक नोक्शानी हुनेछ । प्रेमप्रस्ताव आउनेछ । मनमा शान्ति छाउनेछ । पारिवारिक सम्बन्ध राम्रो रहनेछ । अध्ययनको लागि राम्रो दिन रहेकोछ ।



वृष : सवारी साधनको प्रयोक कम गर्नुहोला । प्रेमिकाद्वारा धाका पाइने हुनाले संयमित हुनुहोला । सममित्रुले ठूलो अन्तर्घात गर्नेछन् । आर्थिक कष्ट हुनेछ हनुमानको कृपा लिनु होला ।

मिथुन : अध्ययन कार्य अगाडि बढ्नेछ । रोजगारिका अवसरहरू मिल्नेछ । मित्रजनको सहयोगद्वारा रोकिएका कार्यहरू बन्नेछन् । राजनैतिक उपलब्धि बढ्ने छ ।
कर्कट : मनमा अनेकै योजनाहरु आउने छन् । अल्छि पन हुनाले कुनैपनि कार्य बन्ने छैनन् ।व्यपारिक वर्गको लागि राम्रो दिन रहेको छ स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ ।
सिंह : आर्थिकरूपले सम्पन्न भइनेछ । साथीभाइका काममा समय बित्नेछ । दाम्पत्य जीवनको सुरुवाती चरण आरम्भ हुनेछ । मनमा उत्साह थपिनेछ । अध्ययनमा समस्या देखिन्छ ।
कन्या : रोजगारीका अवसरहरू मिल्नेछ । व्यापार व्यवसायमा आर्थिक नोक्शानी हुनेछ । प्रेमसम्बध प्रगाढ बनेर जानेछ । केहि महत्वपूर्ण निर्णय लिइने छ ।
तुला : प्रेमसम्बधमा नसोचेको धोका पाइनेछ । आर्थिकरूपले निकै कष्ट हुनेछ । पारिवारीक सम्बन्धमा मध्यान्हपछि नचिनेको तर मित्रको रूपमा कोहि भेटिनाले बाच्ने आधार हुनेछ । स्वास्थ्यले साथ दिनेछ ।
वृश्चिक : अध्यायन तथा व्यापार व्यवसायमा सफलता मिल्नेछ । प्रेमप्रेमिकाको सम्बन्ध अगाडी बढ्नेछ । नसोचेको आर्थिक वृद्धि हुनेछ । लामो यात्रा हुनेछ । सन्ध्याकालमा पेटसम्बन्धी समस्या बढ्नेछ ।
धनु : मनमा अनेकौ योजनाहरु बन्नेछ । स्वास्थ्यमा समस्या आउने हुनाले खानपानमा विचार गर्नुहोला आर्थिक सहयोग गर्दै नगर्नुहोला । अध्ययनको क्षेत्रभने राम्रो रहनेछ ।
मकर : वैदेशिक यात्रा कार्य सम्बन्ध अगाडी बढ्ने छ । नसोचेको यात्रा गर्नुपर्ने हुन्छ । आर्थिक उन्नति हुनेछ । प्रेमको पाटो भने रोकिनेछ । सवारी साधनको प्रयोग गर्दा सावधानी अपनाउनु होला हनुमान चालिसा पाठ गर्नुहोला ।
कुम्भ : सामाजिक कार्यमा समय व्यतित हुनेछ । पारिवारिक सम्बन्धमा तिक्तका आउनेछ । कम बोल्नु राम्रो हुनेछ रोजगारिमा दिक्क लाग्नेछ मित्रजनदेखि सामान्य विवाद उत्पन्न हुनेछ।
मीन : कार्य क्षेत्रमा हतारको निर्णयले आर्थिक क्षति व्योहोर्नु पर्नेछ । प्रेम सम्बन्धमा जोडिने तथा अगाडी बढ्नेछ । मध्यान्हपछि भने नयाँ ठाउको यात्रा गरिनेछ । विद्यार्थी वर्गको लागि राम्रो समय रहेको छ ।