
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा नेता वामदेव गौतमले पार्टी लाइन विपरित ‘बहुदलिय जनावाद’ को वकालत गर्न थालेका छन् ।




आजको नयाँ पत्रिका दैनिकमा ‘पार्टीभित्रको सैदान्तिक मतान्तर’ एक पेज लामो लेख लेख्दै गौतमले ‘जवज’लाई अहिले र भविस्यको मार्गनिर्देशक सिदान्त नबनाई कम्युनिष्ट आन्दोलन सफल नहुने बताएका छन् ।

गत निर्बाचनमा बर्दियाबाट आफ्नै बोलीका कारण निर्बाचनमा पराजित बनेको गौतमले यो बिचमा संसद बन्नका लागी डोल्पा, काठमाडौं लगायतका ठाउँबाट भरमग्दुर प्रयास गरेका थिए ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को विरोधका बाबाजुद गौतमको चरम महत्वकांक्षा तुहिएको थियो ।
यो घटनापछि ओलीसँग चिढिएका गौतमलाई पार्टीको पछिल्लो कमजोर समिकरणपश्चात ओलीले फकाउने रणनीतिमा लागेका थिए । जिम्मेवारी बाँडफाँडमा संगठनको विभाग प्रमुखको चारो गौतमलाई फ्याकेँपछि गौतम फुरुक्कै परेको जानकारहरु बताउँछन् ।
पार्टीको राजनीतिक कार्यदिशाको बारेमा सचिवालयमा पटकपटक छलफलपश्चात पारित भएको ‘जनताको जनवाद’ लाई लत्याउँदै गौतमले जनताको बुहदलिय जनवादको बाँसुरी बजाएका हुन् । यसअघि अर्का नेता तथा रक्षामन्त्री इश्वर पोखरेलले पार्टी नीति विपरित बहस गर्थे ।
बालुवाटार स्रोतका अनुसार ओली संगठनको विभागको चारो फ्याँकेपछि गौतमले लेखै लेखेर पार्टी नीति विपरित वकालत गरेका हुन् । यसैगरी पार्टी नीति विपरित बोलेको भन्दै पुर्व माओवादी पक्षधरहरुले पोखरेललाई स्कुलिङ विभाग दिन अस्विकार गरेपछि यो विषय विवादमै छ ।
गौतमलाई पनि यसरी पार्टी नीति विपरित बोल्दै हिडे संगठन विभागको नेतृत्व दिनेबारे सोच्नुपर्ने एक पूर्व माओवादी नेताले बताए ।