
काठमाडाैँ : कांग्रेस ललितपुरको सभापति चयनका लागि आज मतदान हुँदैछ। १४औं महाधिवेशन अन्तर्गत शुक्रबार उम्मेदवारी मनोनयन दर्ता भएकोमा आज मतदान हुने कांग्रेस जिल्ला निर्वाचन समितिले जनाएको छ ।

कांग्रसको जिल्ला सभापतिका लागि ललितपुरमा तीन जनाले उम्मेदबारी दर्ता गराएका छन् । कांग्रेस ललितपुरको सभापतिमा जितेन्द्र कुमार श्रेष्ठ, मीनकृष्ण महर्जन र रामकृष्ण चित्रकारले उम्मेदबारी दिएका हुन्।
बिज्ञापन



श्रेष्ठ र महर्जन कांग्रेस नेता उदय शम्शेर राणा निकट छन्। चित्रकारलाई जिल्ला सभापति मदन अमात्यको समर्थन रहेको कांग्रसका स्थानीय नेताले बताएका छन् । सभापतिमा प्रतिस्पर्धा गरेका श्रेष्ठ र महर्जनले बाँकी कार्यसमितिमा भने संयुक्त प्यानल बनाएका छन् ।

सभापतिमा दुई जनाबीच सहमति नजुटेपछि निर्वाचनमा दोस्रो चरणमा बढी मत ल्याउनेलाई सहयोग गर्ने समझदारी उनीहरुबीच भएको छ ।