सभापतिमा उम्मेदवारी दिन्छु : कांग्रेस नेता सिंह

काठमाडौँ- नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा आफू केन्द्रीय सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

कांग्रेस नागार्जुन नगरसमितिले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा आफूले सभापति पदमा उम्मेदवारी दिने बताए ।

बिज्ञापन

उनले नेता पदमा पुग्न होडबाजी गर्ने तर पद पाइसकेपछि काम नगर्ने प्रवृत्ति देखा परेको धारणा व्यक्त गर्दै नेताहरुले कार्यकर्ताको अपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरे ।

नेता सिंहले पार्टीमा गुटउपगुटको अन्त्य गरी संस्थागत गर्नुपर्ने बताउँदै १४औँ महाधिवेशनपछि जनताले खोजेजस्तो कांग्रेस बन्ने विश्वास व्यक्त गरे ।

आफूलाई नेता तथा कार्यकर्ताले सभापतिका लागि अगाडि बढ्न सुझाव दिएको बताउँदै उनले आफूलाई सभापतिमा सहयोग गर्न आग्रह समेत गरे ।