आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ : मंगलबार देशभर सामान्य बदली रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन- चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको छ ।

आज गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशहरूका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा हल्का तल रहेको छ ।

बिज्ञापन

यस्तै, बुधवार देशभर सामान्य बदली रही बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको छ । बिहीबार पनि देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघ गर्जन- चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको छ ।