हुम्लामा नेकपा एमालेबाट निर्वाचित स्थानीय तहका पाँच जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टीमा सनाखत

सिमकोट । हुम्लामा नेकपा एमालेबाट निर्वाचित स्थानीय तहका पाँच जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् ।

जिल्ला समन्वय समितिका एक जना र गाउँपालिकाको कार्यपालिका सदस्यसहित वडामा निर्वाचित पाँचजनाले नेकपा एसमा सनाखत गरेका हुन् ।

बिज्ञापन

जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्ला समन्वय समितिका सदस्य अजवीर शाही, अदानचुली गाउँपालिकाको कार्यपालिकाका सदस्य पम्फा शाही, वडा नम्बर ३ का वडा सदस्य, गोर्ख थापा, खड्क बुमी र वडा नम्बर ४ का वडा सदस्य हस्त बुमीले दल त्यागमा सनाखत गरेका हुन् ।

नेकपा एसका युवासंघका सचिव हस्त बहादुर शाही, एमाले सचिव तीर्थराज रोकाया र प्रदेश कमिटी सदस्य शिवराज शर्मालगायतको उपस्थितिमा उनीहरुले नेकपा एस रोजेका हुन् ।