प्रदेश २ का अर्थ र कृषि मन्त्रीको जिम्मेवारी हेरफेर

जनकपुरधाम – प्रदेश २ मा अर्थ र भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ ।

अर्थमन्त्री विजयकुमार यादवलाई हटाएर कृषि मन्त्री शैलेन्द्र साहलाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ ।

बिज्ञापन

अर्थमन्त्रीबाट हटाइएका यादवलाई भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । दुवै मन्त्रीले सोमबार पदभार गर्नेछन् ।