काबुल आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ९० पुग्यो, थप हमला हुनसक्ने चेतावनी

काबुल विमानस्थलमा बिहीवार भएको आक्रमणमा परेर ज्यान गुमाउनेहरूको सङ्ख्या ९० पुगेको एक जनस्वास्थ्य अधिकारीले बीबीसीलाई बताएका छन् ।

घाइतेहरूको सङ्ख्या १५० नाघेको बताइएको छ ।

बिज्ञापन

मृत्यु हुने अफगानमध्ये कम्तीमा २८ जना तालिबान सदस्य रहेको एक तालिबान अधिकारीले बताएका छन् ।

अमेरिकी कमान्डरहरू अफगानिस्तानमा थप आक्रमणको सामना गर्नका लागि तयारी अवस्थामा रहेको एक उच्च सैन्य अधिकारीले जनाएका छन् ।

इस्लामीक स्टेटले काबुल विमानस्थलमा सम्भावित रकेट वा सवारीसाधन प्रयोग गरी थप आक्रमण गर्न सक्ने अमेरिकाका सेन्ट्रल कमान्ड जेनेरल फ्र्याङ्क मकेन्जीले बताएका छन् ।

‘तयारी गर्नका लागि हामीले सबै कुरा गरिरहेका छौँ,’ उनले भने ।

अमेरिकी सेनाले अफगानिस्तानमा उद्धार कार्य सम्पन्न गर्नका लागि तीव्र रूपमा काम गरिरहेको छ ।

तालिबानसँग सहमति गरे अनुरूप अमेरिकाले उद्धार कार्य अगस्ट ३१ तारिखसम्ममा सम्पन्न गर्ने तयारी गरिरहेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट अमेरिका फर्कने समयसीमा थपेका छैनन् ।

बिहीवार साँझ उनले आक्रमणकै बीच उद्धार कार्य भने जारी रहने जनाएका छन् ।

आफूलाई काबुलमा खटिएका कमान्डरहरूले अमेरिकी र अफगान नागरिकहरूको उद्धार अगस्ट महिनाको अन्त्यसम्ममा सम्पन्न गर्न सकिने बताइएको बाइडनले जानकारी दिए ।

हालसम्म अफगानिस्तानबाट एक लाखभन्दा बढीको उद्धार गरिएको बताइएको छ ।