
काठमाडौं : सरकारले आउँदो साउन ३ गते प्रतिनिधि सभा बैठक बोलाउने निर्णय गरेसँगै नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्।

शुक्रबार दिउँसो तीन बजे बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने बैठकका लागि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदलाई पनि सूचना पठाइएको छ। नेकपा एमालेका २६ जना सांसदको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि ओली प्रधानमन्त्रीबाट हटेका थिए। प्रधानमन्त्री हुँदा ओलीले संसदीय दलको बैठक पनि बालुवाटारमै राख्ने गरेका थिए।
बिज्ञापन



सर्वोच्च अदालतले साउन ३ गतेभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको थियो । सर्वाेच्चको त्यो आदेश कार्यान्वयन गर्दै बिहीबारको मन्त्रिपरिषद बैठकले साउन ३ गते संसद बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको हो ।
