सर्वाेच्चको ऐतिहासिक काम : उपेन्द्र यादव

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतबाट ऐतिहासिक काम भएको बताएका छन्। संक्षिप्त प्रतिक्रिया दिदै उनले सर्वोच्च अदालतले संविधान र लोकतन्त्र बचाउने काम गरेको बताए।

‘सर्वोच्चले गरेको फैसलाले ऐतिहासिक काम गरेको छ। देश बचाउने संविधान बचाउने लोकतन्त्र बचाउने मुलुकलाई निकास दिने जुन कार्य गरेको छ,’उनले भने,’यो वास्तवमा ऐतिहासिक निर्णय नै हो। ऐतिहासिक कार्य नै हो।’ उनले आफूहरूको गठबन्धन सहमतिकै आधारमा अघि बढ्ने बताए।

बिज्ञापन

‘हामी अब सँगै अघि बढ्ने भनेर नै गठबन्धन बनाएको हो। यो एकछिनका लागि र कुनै स्वार्थका लागि बनाइएको गठबन्धन होइन।राष्ट्र,संविधान अनि लोकतन्त्रका लागि बनाइएको गठबन्धन हो,’उनले भने।