
काठमाडौं– महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले मानवीय सहयोग र आर्थिक सहायताका लागि रेडक्रसलाई आभार व्यक्त गर्नुभएको छ ।

विश्व रेडक्रस दिवसको अवसरमा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आजको दिन रेडक्रसकर्मीहरूलाई आफूहरुको मन, वचन र कर्मको समिक्षा गर्न पनि सुझाव दिनुभयो ।



उहाँले सन् २०२१ का लागि तय भएको ‘निरन्तरताका साथ रेडक्रस’ भन्ने नारा जस्तै निरन्तरताको कामना पनि गर्नुभयो । रेडक्रसका मुख्य सिद्धान्तहरु मनवता, निष्पक्षता, तठस्तता, स्वतन्त्रता, स्वंसेवा, एकता र सर्वब्यापक्ताका साथ अघि बढ्न उहाँले नेपाली रेडक्रसकर्मीहरूलाई आग्रह पनि गर्नुभएको छ ।

रेडक्रस कुनै पनि जातजाति, भाषा, धर्म, राजनीति आदी भन्दा माथि हनुपर्ने उल्लेख गर्नुभयो । प्राकृतिक विपद्को छानो, अनाथको अभिभावक र पिडामा मलम लगाउने काम रेडक्रसले गरेको भन्दै उहाँले ३ पटकसम्मको नोवल पुरस्कार पाउन सफल संस्थाको प्रशंसा गर्दै उहाँले नेपाली रेडक्रसकर्मीहरूलाई विश्वमा उदहारण बन्न पनि हौसला दिनुभयो ।
रेडक्रसलाई सरकारको सहयोग सधै रहने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नु भएको छ ।