
दमक/ झापाको कमल–६ को जीवनचोकमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कारितास नेपाल र कमल गाउँपालिकाको समन्वयमा भएको शिविरमा आँखा र दाँतको निशुल्क परीक्षण गरिएको थियो ।

युवा क्लब कमल–६को आयोजना र मित्रता बाल क्लबको सहयोगमा शिविरको आयोजना भएको हो । शिविरमा मेची नेत्रालयका डाक्टर अशोक तिवारी, आमा डेन्टल केयर सेन्टरका डाक्टर अशोक श्रेष्ठ लगायतका स्वास्थ्यकर्मीहरुले बिरामीहरुको परीक्षण गर्नु भएको थियो । कमल–६ वडाध्यक्ष नगेन्द्र भट्टराईको प्रमुख आतिथ्यमा शुरु भएको शिविरमा ३ सय भन्दा बढिले सेवा लिएको कार्यक्रम संयोजक कमल कटुवालले जानकारी दिनुभयो ।
बिज्ञापन



