
अभावमा जिवन जिउने बानी परेको छ,
रोदन कुन्ठित भइ भित्रै पानी परेको छ !

आफ्नो भन्ने कोहि छैन मतलबी संसारमा,
जङ्गल भित्र यात्रा एक्लै गर्ने बानी परेको छ !
बिज्ञापन



धेरै छन् सोध्ने सवाल उत्तर दिने छैन्न,
चिन्तन गरि निचोड खोज्ने बानी परेको छ !

कुशासन, भ्रष्टाचार,ढिलासुस्ती ब्याप्त यहाँ,
समृद्धिको गोरुगाढा चड्ने बानी परेको छ!
रोदन कुन्ठित भइ भित्रै पानी परेको छ,
अभावमा जिवन जिउने बानी परेको छ!
✍️ उमेश खरेल
गौरादह,झापा ।